प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित दाहालको तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा मा उपचार भइरहेको छ।

‘ममीलाई कोरोना पोजेटिभ देखिएपछि विगत ३ दिनदेखि अस्पताल भर्ना गरिएको छ,’ दाहालकी छोरी गंगा दाहालले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन ‘चिकित्सकका अनुसार ममीको स्वास्थ्य अवश्था सुधारोन्मुख छ र केही दिन अस्पताल मै राखेर उपचार गर्नुपर्ने छ ।’  उनमा निमोनियासमेत देखिएको छ ।

दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले लामो समयदेखि  पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ । नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार