सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे ।
‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।
आजकाे बैठकमा स्थानीय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्ने कार्यसूची थियाे । निर्वाचन आयोगले सरकारलाई माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेकाे छ ।