कर्णालीमा पार्टी ह्वीप उल्लंघन गर्ने चार सांसदमाथि कारबाहीको सिफारिस

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

बैठकले शुक्रबार फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा भोट हाल्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो । उनीहरु चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत खारेजीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए ।

कर्णालीमा आज भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्न गरेको प्रस्तावमा यी चार सांसदले पक्षमा मतदान गरी ‘फ्लोर क्रस’ गरेका थिए । कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो । जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए । कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार