कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार राति पौने १० बजे बा४ख ६८४३ नम्बरको टिपरले बा२प ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बझाङ घर भई ललितपुरको भैंसेपाटी बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार मोटरसाइकलमै सवार बझाङ घर भई ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बम घाइते छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

टिपर र धादिङ घर भएका चालक चन्द्रविर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार