ओली समूहमा लागेका सांसद बोहराको पद रिक्त गराउन प्रदेशसभामा पत्र

नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेशसभामा सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

माओवादी केन्द्र संसदीय दलका तर्फबाट प्रमुख सचेतक अक्कल रावलले प्रदेशसभा सचिवालयमा उनी दलमा नरहेको सूचना दर्ता गराएको प्रदेशसभा सभामुखको सचिवालयले जनाएका छन् । राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि बोहराले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको केन्द्रीय सदस्य भएको भन्दै चैत २५ गते स्पष्टिकरण सोधेको थियो । तर, बोहराले स्पष्टीकरणको अर्थ नभएको भन्दै जवाफ दिएका थिएनन् ।

सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले साविक नेकपामा फाटो आएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार