कंगोमा क्रिसमस पार्टीमा आत्मघाती बिस्फोट, ६ जनाको मृत्यु

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । हमलामा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती बिस्फोट भएको थियो । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए ।

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म कुनै पनि समूहले बिस्फोटको जिम्मा लिएका छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । बिस्फोटको समयमा महिला र बालबालिका थिए ।

बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार