माओवादी राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन आउन नसक्ने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।

स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहने छन् ।

वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।  पुन निकट नेता कार्यकर्ताले उपचारका क्रममा रहेका पुनलाई राष्ट्रिय सम्मेलनको हलबाटै महासचिव घोषित गर्न अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार