वागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री थपिए

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।

दिपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

मिलनबाबु चितवन, बलराम रसुवा र दिपेन्द्र काठमाडौंबाट प्रदेशसभा सदस्य छन् । त्यस्तै राज्यमन्त्रीमा नुवाकोटकी कल्पना, भक्तपुरकी रजनी र मकवानपुरका सन्तबहादुरले सपथग्रहण गर्दैछन् ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्रीमण्डल गठन गरिएको छ ।

मन्त्री तथा राज्यमन्त्रीहरुको सपथ केहीबेरमा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार