शुक्रबार थप २६० जनामा कोरोना पुष्टि, ३४९ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६० पीसीआर र ३ हजार ८३८ एन्टिजेन विवधबाट परीक्षण गरिएकोमा २६० जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ९ लाख २३ हजार १६ जना पुगेको छ ।

यस्तै आज थप ३४९ जना कोरोनामुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या ८ लाख १० हजार २७१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ जना रहेको छ ।

हालसम्म करिब एक करोड मानिसले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार