माओवादी स्थायी कमिटीमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश, अर्को बैठक तीन बजे

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज पेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक दस्तावेज संक्षेपमा पेश गरेका हुन् ।  अहिले केहीबेरकाे लागि स्थगित भएकाे स्थायी कमिटी बैठक आज दिउँसो तीन बजे फेरि बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने- ‘दिउँसो तीन बजे फेरि स्थायी कमिटी बैठक बस्छ र छलफल गर्छाैँ ।’ उनका अनुसार आज दिउँसो नेकपा मसालबाट छुट्टिएर बनेको दल र अर्को एउटा दल माओवादीसँग एकीकरण पनि हुँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार