कांग्रेस केन्द्रीय सदस्यमा गुण्डा नाइकेदेखि ठेकेदारसम्मले जित्दा हारे बाैद्धिक नेता

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा नाइकेसम्म विजयी भएका छन् ।आइतबार राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् ।

३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित भएका छन् भने गुन्डा नाइके गणेश लामा निर्वाचित भएका हुन् । लामा विजयकुमार गच्छदार निकट हुन् । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए ।

प्रा.डा तीर्थराज खनिया, डा सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा पराजित हुँदा लामा विजयी भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार