बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगन्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन चार स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको छ ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगन्जमा रहेको सनराइज यातायात, न्युरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलमा क्यूआर कोड हस्तान्तरण गरेको छ ।

बुधबार आयोजित छुट्टाछुट्टै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगन्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।

क्यूआर कोड सेवा सुरु भएसँगै नेपालगन्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यूआर कोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य वस्तुको रकम कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page