कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि लागि बिहान ९ बजे बैठक बोलाइएको बोर्डले जनाएको छ । नतिजा प्रकाशनको लागि सम्पूर्ण तयारी पुरा भएको बोर्डले बताएको छ ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । परीक्षामा देशभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार