बारद्धारा प्रधानन्यायाधीशको वार्ता प्रस्ताव अस्वीकार, अदालतमा बहस पैरवी नगर्ने निर्णय

नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड भएको भन्दै त्यसको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

यस्तै बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि गरेको अस्वीकार गरेको छ । प्रधानन्यायाधीश जबराले आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शुक्रबार पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । पत्रमा जबराले न्यायालयको शुद्धीकरण अभियानका लागि आफू तत्पर रहेको जानकारी दिएका छन् । उनले वार्ता र संवादबाट मात्र समस्याका निकास निस्कने भन्दै वार्ताका लागि बारलाई आह्वान गरेका हुन् ।

त्यस्तै सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापनपत्र र प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र बुझाउने बारको तयारी छ । न्यायलयमा भ्रष्टचार मौलाएको, गोलाप्रथा लागू नगरेको, विचौलियालाई प्रश्रय दिएको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार