प्रधानन्यायाधीश राणाले तोके आफूसहितको ६ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि ६ वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र दुई एकल इजलास तोकेका हुन् ।

प्रधानन्याायधीश राणाले आज आफ्नो पनि इजलास तोकेका छन् । पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् ।

पछिल्लो समय न्यायालय विवादमा छ । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एसोसिएसन प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा उत्रिरहेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिँदै मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको माग छ तर, प्रधानन्यायाधीश राणाले सम्मानजनक बहिर्गमनको प्रस्ताव अगाडि तेर्स्याएका छन् ।

बार एसोसिएसनले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ भने न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन् । एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार