भगवान् रामको जन्मभूमि माडीको अध्योध्यापुरी नै रहेको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले भगवान् रामको जन्मभूमिको माडीको अयोध्यापुरी नै रहेको दाबी गरेका छन् ।

चितवनको माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा अर्चनापछि मंगलबार आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामको जन्मभूमि माडीकै अयोध्यापुरी रहेको दाबी गरेका हुन् ।

गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिएर विवादमा तानिएका ओलीले फेरि सोही अभिव्यक्ति दोहोर्‍याएर दाबी गरेका हुन् ।

रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको जिकिर गरे ।

माडी नै राम जन्मभूमि भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलिल गर्दै उनले आफूले अध्ययन गरेर नै यहाँको बारेमा बताएको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार