जम्मु कास्मिर क्षेत्रमा विद्रोहीसँगको मुठभेटमा पाँच भारतीय सैनिकको मृत्यु

भारत नियन्त्रित जम्मु कास्मिर क्षेत्रमा सोमबार पाँच भारतीय सैनिकको मृत्यु भएको छ । जम्मु कास्मिरको पोन्च क्षेत्रमा विद्रोही र सेनाबिचको मुठभेटमा एक अफिसरसहित पाँच सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाले बुधबारदेखि विद्रोहीविरुद्धको सैन्य अपरेसन सुरु गरेको थियो । अपरेसनको क्रममा पीर पन्जाल गाउँमा पुगेका भारतीय सैनिक र विद्रोहीबिचको मुठभेटमा परी पाँच सैनिकको मृत्यु भएको इन्डिया टुडेमा समाचार छ ।

मुठभेटको क्रममा अन्य पाँच सैनिक घाइते भएका र घाइतेलाई उपचारको लागि पठाइएको बताइएको छ ।  सो क्षेत्रमा ठूलो संख्यामा विद्रोही सदस्य उपस्थित भएको र दुवै पक्षबिच फायरिङ जारी रहेको बताइएको छ ।  नियन्त्रणका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको इन्डिया टुडेले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार