कर्णालीमा मुख्यमन्त्री शाही नेतृत्वको सरकार संकटमा, एमाले मन्त्रीहरूले संयुक्त राजीनामा दिने

कर्णालीमा नेपाल समूहले पनि छाड्यो मुख्यमन्त्री शाहीको साथ, एमाले मन्त्रीहरूले संयुक्त राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पार्ने भएको छ । प्रमुख सत्ता साझेदार नेकपा (एमाले) का मन्त्रीहरुले राजीनामा दिने भएसँगै शाही नेतृत्वको सरकार संकटमा परेको हो ।

आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । बैठकमा सहभागी नेपाल पक्षका सांसद सुशील थापाले सोमबारसम्म एमाले मन्त्रीहरूले राजीनामा दिने बताए । शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिइसकेको थियो । शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार