बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवार गोर्खा भिमसेन थापा गाउँपालिका ८ की २५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।

सोमबार राति साढे ७ बजे बा७८प ८३८४ नम्बरको मोटरसाइकललाई ना ४ ख ४२२९ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएकी लक्ष्मीलाई ट्रमा सेन्टर लगिएए पनि अस्पताल पुर्‍याउन बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बतायो ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीका अनुसार मोटरसाइकल चालक लक्ष्मीका भिनाजु सीताराम परियार घाइते छन् । उनको उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार