कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाए।‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उनले भने।

ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा रहेका पहिचानवादी भनिनेहरुले एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अव चूप लागेर नवस्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको भन्दै अव चूप लागेर नवस्ने चेतावनी दिएका हुन् ।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने उल्लेख गरे । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातिय द्वैष फैलाउदै समाजलाई बिभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिलाई मुलधारमा ल्याउने अथक प्रयासमा रहेको बताए । उनले दुईतिहाई नजिक पुराएको कम्युनिष्ट आन्दोलनलाई विदेशी शक्तिको इशारामा पार्टीभित्रकै मान्छेले ध्वस्त पार्ने काम गरेको भन्दै एमाले राष्ट्रप्रतिको इमान्दारीतामा कहिल्यै नबिक्ने जिकिर गरे ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार