खनाल–नेपाल समूहले ६ वटा बुँदामै ओलीलाई जवाफ दिने

नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

स्थायी समिति सदस्यहरूको भर्चुअल बैठकले त्यस्तो निर्णय गरेको नेता गोकर्ण विष्टले जानकारी दिए । सोमबार भएको बैठकले ओलीको प्रस्तावको हरेक बुँदामा एकता प्रस्तावको अस्पष्टता हटाएर जवाफ दिने भएको हो ।

‘हाम्रोतर्फबाट प्रधानमन्त्रीका तर्फबाट आएका एकताको आह्वानसम्बन्धी बुँदामा जे अस्पष्ट छन्, त्यसमा हाम्रो अडान राखेर स्पष्ट बनाएर एकताको अपिल सार्वजनिक गर्ने निर्णय भएको छ,’ विष्टले भने, ‘हामीले एकता नचाहेको होइन, तर एकताको नाममा जुन वक्तव्य आएको छ, त्यसले मात्रै लामो समयदेखि राख्दै आएको हाम्रो अडानलाई सम्बोधन गर्न सकेको छैन भन्ने सन्दर्भमा हाम्रोतर्फबाट पनि एकताको अपिल सार्वजनिक हुँदै छ ।’

जवाफ खनाल–नेपाल समूहका सबै स्थायी कमिटी सदस्यको तर्फबाट हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार