महाकाली नदीमा जलयात्रा

विश्व पानी दिवसका अवसरमा महाकाली नदीमा रोमञ्चकारी जलयात्रा आयोजना गरिएको छ । परशुराम नगरपालिकाअन्तर्गत परशुराम धार्मिक क्षेत्रबाट शुरुआत भएको सो जलयात्राको आज शुभारम्भ गर्दै नगरप्रमुख भीमबहादुर साउदले जलयात्राले पर्यटन विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महाकाली नदीमा संम्भाव्यता अध्ययनपछि जलयात्रा सञ्चालनमा ल्याइएको हो । डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकसाथ जलयात्रा शुरु गरेका हुन् । यसका लागि डडेल्धुरा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) अन्तर्गत सञ्चालित ट्रोसा कार्यक्रम साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका हुन् । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार