प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

कानुन व्यवसायी समेत रहेका बस्नेत हाल खुल्ला नेपाल अनलाईनको सम्पादकका रुपमा कार्यरत छन भने कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र कानुन व्यवसायीसमेत रहेका बस्नेत नेपाल पत्रकार महासंघको नेतृत्वको लागि पछिल्लोपटकको निर्वाचनमा महसचिवको उम्मेदवार थिए । उनी नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्य समेत हुन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार