विश्वकप फुटबल : फ्रान्सकाे जितकाे खुसी (फाेटाेफिचर)

काठमाडौं : साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो।

विश्वकपमा इतिहास बनाएको मोरक्को सेमीफाइनलबाट घर फर्कन बाध्य भएको छ।

 

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार