कोरोना संक्रमणबाट एक ३५ वर्षीय चिकित्सकको मृत्यु

बिहीबार कोरोना संक्रमणबाट ३५ वर्षीय एक चिकित्सकको मृत्यु भएको छ । २० दिन अघि कोरोना पुष्टि भएका
भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत फिजिसियन डा पशुपति रजौरियाको मृत्यु भएको हो ।

डा. रजौरियाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि उनको युनिभर्सलमै उपचार भइरहेको थियो । तर अवस्था जटिल भएपछि ग्रान्डीमा ल्याइएको थियो ।

डा रजौरियाको निधनप्रति नेपाल चिकित्सक संघले समवेदना व्यक्त गरेको छ । संघले श्रद्धाञ्जली व्यक्त गर्दै एक चिकित्सक गुमाउन पुगेकोमा दुख व्यक्त गरेको छ ।

उनकी श्रीमति पनि युनिभर्सलमै प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनमा पनि कोरोना देखिएको थियो तर उनले कोरोनालाई जितेकी छन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार