डिसहोमको नयाँ अभियान “मेरो मनको दोस्रो देश”, यस्ता छन् विशेषताहरु

डिसहोम नेपालको सबै भन्दा ठूलो एचडि र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको संचालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा संचालन भएसँगै यो नेपालको सम्पूर्ण बजारहरुमा सक्रिय रहेको छ ।

नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश योजना सुरु गरेको छ । गतवर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सक्पूर्ण रुपमा तयार रहेको छ ।

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एचडि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा मेरो मनको दोस्रो देश ट्रेन्ड गराई यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ । यस अन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।

हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशकालागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ ।

जुन ह्यास्ट्याग गरेको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्रमार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

अभियानमा भाग लिनको लागि सर्त तथा नियमहरु :
– सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।
– सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आफूले समर्थन गरेको       देशको नाम उल्लेख गर्नुपर्नेछ ।
– खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।
– प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो        मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh सँगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।
– विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।
– विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार