निषेधाज्ञामा विदेश पढ्न जाने विद्यार्थीका लागि भिसा प्रक्रियामा सहजीकरण हुने

निषेधाज्ञा अवधिभर वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि कूटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा सहजीकरण हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस्ता विद्यार्थीका लागि सहजीकरण गरिदिने भएको हो । सो निर्णयपछि अब विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई तयारीका लागि सजिलो हुनेछ ।

उपत्यकाका तीनै जिल्लाका अधिकारीहरूको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य गर्न सक्ने अनुमति दिएको हो । बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार