माओवादी नेता पुन चीन जाँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फ्लोअप उपचारका लागि आज चीन जाने भएका छन्।

नेता पुनलाई पुरानै रोग जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै​सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार