पुरानो नैकापमा ढिस्कोले पुरिएर दुईको मृत्यु, दुई घाइते

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षीया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षीय टेकबहादुर चेपाङ रेहका छन् । सीताको घटनास्थलमै र चेपाङको मनमोहन मेमोरिलय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले बताए । ‘प्लटिङको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर मृत्यु भएको हो,’ डिएसपी खाँणले भने ।

पर्खाल लगाउने क्रममा ढिस्को खस्दा घाइते हुनेमा उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षीय हरि घले रहेका छन् । घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार