सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे मन्त्री भुसालको आपत्ति

काठमाडौं : उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे आपत्ति जनाएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन्।

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्छ,’ उनले भनेकी छन्।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ। महानगरको डोजर आतंकविरुद्ध उनीहरुले चर्को नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्।

अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ। स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन्। काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार