रवि लामिछानेको चुनावी खर्च १२ लाख भन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति लामिछानेले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा उनले गरेका छन् । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार