रुपन्देही-२ बाट एमालेका विष्णु पौडेल निर्वाचित

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी दर्ता भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार