कास्की १(१) बाट एमालेका खगराज अधिकारी विजयी

काठमाडौं – गण्डकी प्रदेश सभाको कास्की १(१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।

गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार