शहीद स्मारक ‘सी’ डिभिजन लिग : खालीबारी युथ क्लब विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीका लागि इमान लामाले निर्णायक गोल गरे । उनले खेलको ७८औँ मिनेटमा गोल गरेका हुन् ।

जितसँगै खालीबारीले तीन खेलमा ६ अङ्क जोडेको छ । मनोहराको पनि तीन खेलमा ६ अङ्क नै रहेको छ । सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीका तर्फबाट गोल हुन सकेन । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार