ललितपुर-२ मा एमालेको अग्रता, दोस्रो स्थानमा लौरो

ललितपुर क्षेत्र नम्बर २ को मतगणना जारी छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ । अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ।

त्यसमध्ये नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् ।

ललितपुर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार