निर्वाचन आयोगले आज रातिमा पत्रकार सम्मेलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आइतबार राति ७स्५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार