चितवन क्षेत्र नम्बर– १ मा गोली चल्यो

चितवन – विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा मतदानको क्रम अवरोध सिर्जना गरेपछि प्रहरीले हवाईफायर गरेको छ ।

चितवन क्षेत्र नम्बर–१ राप्ती– ८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५–२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पंडितले बताए।अहिले भने मतदान पुन सुरू भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार