गुल्मीको मालिका गाउँपालिकामा मतदान स्थगित

गुल्मी – गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयमा भइरहेको मतदान स्थगित भएको छ ।

बिहान मतदान सुरु भएको केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएको हो ।

मतदान स्थलमा केही समय नाराबाजी भएको थियो । अहिले विवाद समाधानका लागि छलफल भइरहेको जनाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार