खोपबारे बाबुरामले भने- ‘सरकार खुराफातमा मस्त हुने राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने ?

जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरस खोपबारे राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् । सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको भन्दै भट्टराईले एक ट्विट गरेका छन् ।

खोपका लागि विभिन्न देशसँग राष्ट्रपति भण्डारीले समन्वय गरेपछि जनस्तरबाट समेत राष्ट्रपतिको उक्त सक्रियतामाथि प्रश्न उठेको छ । नेपालको व्यवस्थामा कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित रहेको हुँदा सेरेमोनियल राष्ट्रपतिले कार्यकारी काम गरेको आरोप लागेको छ ।

नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

‘कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’, उनले लेखेका छन् ।

कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व रहेको डा.भट्टराईको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार