थप ४ हजार ७६२ जनामा संक्रमण, ११४ जनाको मृत्यु

नेपालमा सोमबार थप ४ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ५५ जनामा पीसीआर परीक्षण गर्दा ४१७८ र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ३ सय ८६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ६ हजार ४९१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ४७ हजार ४४६ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित छन् भने ६८९ जना क्वारेन्टिनमा रहेका छन् । देशभर हालसम्म ३० लाख ५७ हजार ४२४ वटा नमुनाको पीसीआर विधिबाठ कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार