संक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ७२

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार