सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवा (फोटोफिचर)

काठमाडौँ – सगरमाथा क्षेत्रको खुम्बुमा पाँच हजार मिटर भन्दा माथि हिउँ चितुवा फेला परेको छ ।

अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले पाँच हजार मिटर भन्दा माथि उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । उनले हिउँ चितुवाका तस्बिर अक्टोवर ८ मा खिचेकी थिइन् ।

५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले पछ्याएको बताएकी छन् । हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्। फोटोग्राफर कितिया वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार