संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् ।

मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।

जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको राती ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार बिरामीको अवस्था गम्भीर थियो भने उपचारका लागि हरसम्मभ गरेपनि अवस्था सुधार हुन सकेको थिएन । उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थापाले बताए ।

मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार