सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने

 

जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । र, अरू राजनीतिक दलहरूसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ । आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो  ।

जसपाले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि सभा  र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने समेत जनाएको छ ।

गठबन्धनमा सम्मानजनक सिट बाँडफाँट नभए अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय छ । यो पनि हुन नसके जसपामा एक्लै निर्वाचामा जाने प्रवक्ता सुमनले बताएका छन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने सङ्घीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भई रहेको सिट बाटफांटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार