नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।

आदरणीय ग्राहक महानुभावहरुले यस इन्स्योरेन्सका कल सेन्टर मा कल, इमेल, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार