गलत नियतले अधिकारीले गरेको निर्णय अवज्ञा गर्दा लुक्ला जाने यात्रु रुम्जाटार

अपारदर्शी र विना अध्ययनका निर्णयले उड्डयन क्षेत्र गलत बाटोतर्फ

गत जेठ १७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय गर्यो । मुस्ताङमा तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि भन्दै प्राधिकरणले इनरुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको थियो । प्राधिकरणले गरेको निर्णयलाई मौसम विभागले तत्कालै हचुवाका आधारमा भएको निर्णय भन्दै कार्यान्वयन हुन नसक्ने टिप्पणी गरेको थियो । तर सधैँ संस्थाको भन्दा व्यक्तिगत चर्चा र नाफाका लागि काम गर्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने यही सही भएकाले कार्यान्वयन हुने बताएका थिए ।

विडम्बना प्राधिकरणले हचुवाको भरको गरेको उक्त निर्णय अहिले सम्म कार्यान्वयन हुन सकेको छैन । मंगलबार लुक्लाको मौसम खराब हुदाँहुदै काठमाण्डौबाट लुक्लाका उडेका हेलिकप्टरहरू रुम्जाटारमा अवतरण भए । प्राधिकरणले गरेको निर्णय अनुसार ती हेलिकप्टर काठमाण्डौबाटै उडन नमिल्ने थियो । तर अधिकारीले निर्णय गर्ने र हवाई सेवा कम्पनीसँग बार्गेनिङ गरेर कार्यान्वयन नगर्दा लुक्ला पुग्नुपर्ने हेलिकप्टर रुम्जाटार पुगेका हुन । त्यसो त नागरिक उड्डयन प्राधिकरणले विना अध्ययन हचुवाको भरमा उक्त निर्णय गरेको भन्दै उति बेलै चर्को विरोधसमेत भएको थियो ।

प्राधिकरणले हचुवाको भरमा ल्याएको आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोर काष्ठ) गर्न नसकिने भन्दै मौसम विभागले सूचना नै प्रकाशित गरेको थियो । तर प्राधिकरणका प्रमुख अधिकारीले भने सोही निर्णय देखाएर वायुसेवा प्रदायकसँग आर्थिक बार्गेनिङ गर्ने नियतले हुन नसक्ने निर्णय कार्यान्वयन गर्ने हुङ्कार सुनाएकाले अहिलेको अवस्था आएको सरोकारवालाहरू बताउँछन् । अधिकारीले धेरै निर्णय गर्दा सरोकारवालासँग छलफल र परामर्शबिनै गर्ने, संस्थागत हितभन्दा व्यक्तिगत लाभमा मात्रै केन्द्रित हुने जस्ता एकपछि अर्को विषयमा निरन्तर विवादमा तानिएका अधिकारीको भूमिका प्रति पटक पटक प्रश्न उठ्ने गरेका छन् ।

अधिकारीको नेतृत्वमा भएका अपारदर्शी र विना अध्ययनका निर्णयले उड्डयन क्षेत्र थप गलत बाटोतर्फमा गएको विज्ञहरू बताउँछन् । मङ्गलवारको घटना पनि महानिर्देशक अधिकारीले हवाई सेवा प्रदायकमाथि हप्कीदप्कीमार्फत असुली धन्दा चलाउन सकिने नियतले गरेको निर्णय अवज्ञा गर्नुपर्दा उत्पन्न भएको धेरैको बुझाई छ । अधिकारीले सही नियतले विज्ञसँग परामर्श गरेर इनरुटको मौसम हेरेर उडान भर्ने योजना बनाएका भए कार्यान्वयन हुन सक्ने खालको निर्णय गर्न सकिने उनीहरू बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार