सुशासन दिने नैतिक व्यक्ति चाहिएको छ : रामचन्द्र पौडेल

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबद्वारा सोमबार आयोजित तेस्रो व्यास युवा कप २०७९ ‘९’ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताएका हुन् ।

मुलुकको समग्र विकास आवश्यक रहेको बताउँदै उनले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गरे ।

तनहुँलाई नेपालभरको नमूना जिल्लाको रुपमा विकास गर्न आवश्यक रहेकाले अब विकास अगाडि बढ्ने उनले बताए । सबै ग्रामीण क्षेत्रमा सडक पुर्‍याएकाले अब कालोपत्र गरी विकास गर्ने र सहज बनाउने उनले बताए ।

खेलकुदले देशलाई समृद्ध र चिनाउने काम गरेको उनले बताए । विश्वमा फुटबल खेल हेर्ने भएकाले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली खेलाडी उत्कृष्ट रहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार