कपिलवस्तुको बाणगंगाकी ८८ वर्षीया वृद्धाले घरमै जितिन् कारोना

कपिलवस्तुको बाणगंगा नगरपालिकाकी ८८ वर्षीया एक वृद्धाले कारोनालाई जितेकी छन् । वडा नम्बर ८ बनगाई निवासी हरिकला पोख्रलले संक्रमण भएको १० दिनमै कोरोनालाई जितेकी हुन् ।

जेठ १ गते पोख्रेलमा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार १२ गते उनमा दोस्रो पटक कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

ज्वरो आउने, वान्ता हुने, खोकी लाग्ने, श्वास-प्रश्वासमा समस्या हुनेजस्ता कोरोनामा देखिने सबै लक्षणहरु उनमा देखिएपछि उनको पीसीआर परिक्षण गरिएको थियो । वान्ता नरोकिएर उपचारको लागि अस्पताल धाउँदा पनि उनले बेड नपाएपछि चिकित्सकको सल्लाह बमोजिम घरमै बसेकी थिइन् ।

विस्तारै कठिन स्थिति मत्थर हुँदै गए पछि उनी अहिले मज्जाले बोल्न सक्ने, कुरा गर्न सक्ने भएक िछन् भने खाना पनि खान थालेकी छन् । पुरै निको नभए पनि पोख्रेलले अब भने फेरि बाँचेको भन्दै खुसी व्यक्त गरेकी छन् ।

अब त टाठिएँ भन्दै ती वृद्धाले खुसीको आँशु झारेको नाति हरि पोख्रेलले बताए । उनले भने ‘अब त हजुर आमा निको हुनुभएको छ । हजुर आमाले पुर्नजीवन नै पाउनुभयो । अहिले सबै परिवार खुसी भएका छौँ ।’

यसअघि पनि बाणगंगाकै ९८ वर्षीय पुरुषले कोरोना जितेका थिए । पछिल्लो समय जिल्लामा कोरोना जित्नेहरुको संख्या बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार