प्रभु र एनसीसी बैंकले रेमिट खातामा सबैभन्दा बढी ब्याज दिने

प्रभु र एनसीसी बैंकले रेमिट खातामा सबैभन्दा बढी ब्याज दिने भएका छन् । सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये यी दुई बैंकले रेमिट खातामा धेरै ब्याज दिन लागेका हुन् । प्रभु र एनसीसी बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् ।
प्रभु बैंकले रेमिट निक्षेपमा निक्षेपमा १५.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । यो सबैभन्दा बढी हो । यस्तै प्रभुपछि धेरै ब्याज दिनेमा एनसीसी बैंक रहेको छ ।

बैंकले रेमिट् निक्षेपमा १५ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै अन्य बैंकले भने १३.१३ प्रतिशत ब्याज दिदैँछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा रेमिट निक्षेपमा व्यक्तिगत निक्षेपमा दिनेभन्दा न्यूनतम १ प्रतिशत बढी ब्याज दिने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बैंकहरुले रेमिट निक्षेपमा बैंकहरुले दिने निक्षेपको ब्याजमध्ये रेमिट निक्षेपमा १३.१३ ब्याज दिने व्यवस्था गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार