२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

असोज ६ गते परिपक्व हुने

नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते २० अर्बको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।

आज बिहीबार मध्यान्ह ३ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने राष्ट्र बैंकले जनाएको छ । रिपो आउँदो असोज ६ गते परिपक्व हुने छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

अर्को रिभर्स रिपो पनि राष्ट्र बैंकले जारी गर्ने गरेको छ । रिपोको ठ्याक्कै विपरित रिभर्स रिपो हो । तरलता प्रवाह गर्नका लागि रिपो जारी गरिन्छ भने तरलचा खिच्नका लागि रिसर्भ रिपो जारी गर्ने गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार